Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, १० अर्ब १० करोडकाे काराेबार



काठमाडौं ।  साताको अन्तिम दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १५:१४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।