Logo

अर्थ

कृषि विकास बैंकको मोवाईल एपमा अब नयाँ ‘एडीबीएल पे’ फण्ड ट्रान्सफर



काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोवाईल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा ‘एडीबीएल पे’ थप गरि संचालनमा ल्याएको छ ।

बैकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको एडीबिएल स्मार्ट प्लस मोवाईल बैंकिङ एप मार्फत प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्स संग को सहकार्यमा फण्ड ट्रान्सफर तथा वालेट लोड सुविधा संचालनमा ल्याएको छ ।

बैंकको मोवाइल बैंकिङ एप “ADBL Smart Plus” मार्फत ग्राहकहरुले रकम Transfer गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नं र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्क सँग रकम ट्रान्सफर गर्न सक्नेछन् ।

यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुबिधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोश्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्ने । यसैगरि ग्राहकहरुले कुनै शुल्क बिना विभिन्न वालेटहरुमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।

विशेषताहरूः
मोबाइल बैंकिङ एप मार्फत रकम ट्रान्सफर गर्न सकिने ।
कृषि विकास बैंक लि। का ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने।
द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने।
छिटो, छरितो र सहज कारोबार हुने ।
ग्राहकमैत्री सहज संचालन गर्न सकिने।
तुरुन्तै करोवार हुने ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार १६:३२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।