Logo

अर्थ

दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडाैं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, विराटनगर, विरेन्द्रनगर, धनगढी, लमजुङ, सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ११:२७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।