Logo

अर्थ

नेप्सेको सीईओका लागि १० जनाको आवेदन



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् ।

आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ ।

नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् ।

अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइनेछ ।

कार्यायोजना प्रस्तुती तथा अन्तवार्ताबाट उत्कृष्ट ३ जनालाई छनोट गरी नाम सिफारिस गरिनेछ । समितिको सिफारिसमध्येबाटै एक जनालाई सरकारले सीईओमा नियुक्त गर्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार ११:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।