काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनकाे मूल्य आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियाे ।
चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया