Logo

अर्थ

विकास बैंकको नाफा ३ अर्ब ३० करोड बढी



काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २१.६९ प्रतिशतले बढेको हाे ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन गर्ने गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ, जसले ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । घिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.४३ प्रतिशतले बढेको छ ।

दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक ६२ करोड ९५ लाख नाफासहित रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.२५ प्रतिशतले बढेको छ ।

तेस्रो स्थानमा शाइन रेसुंगा विकास बैंक ४४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.१७ प्रतिशतले बढेको छ ।

यसैगरी माघसम्म कामना सेवाले ४१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मीले ३३ करोड ५३ लाख रुपैयाँ, ज्योतिले ३० करोड ५१ लाख रुपैयाँ, सांग्रिलाले २६ करोड २१ लाख रुपैयाँ र लुम्बिनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ३२.७६ प्रतिशत, महालक्ष्मीको ०.३८ प्रतिशत, ज्योतिको ७१.७६ प्रतिशत, सांग्रिलाको ६९.२१ प्रतिशत र लुम्बिनीको ९.२० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार १५:०७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।