काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन रि-इन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया