काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा नेपालमा डिजिटल कारोबार गर्नेकाे सङ्ख्या बढ्दै गएकाे छ । एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म अघिल्लो आर्थिक वर्षको माघ महिनासम्मको अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घटेको देखिएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ को माघ महिनामा बैंकको एटिएमबाट १ करोड ७ लाख ११ हजार ५७४ पटक नगद झिक्ने काम भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा सो सङ्ख्या घटेर १ करोड २ लाख ५० हजार ६०४ पटक मात्रै नगद झिक्ने काम भएको छ ।
पछिल्लो एक वर्षको अवधिमा डिजिटल कारोबारको संख्या र रकममा भने वृद्धि भएको छ । गत आर्थिक वर्षको माघ महिनामा इन्टरनेट बैंकिङ कारोबार संख्या २ लाख ६४ हजार ८४०, मोबाइल बैंकिङ ३ करोड ३८ लाख ५२ हजार ७०४ र क्यूआरमार्फत् भुक्तानी २ करोड २७ लाख २७ हजार ३६९ संख्यामा कारोबार भएका थिए ।
चालु आर्थिक वर्षको माघ महिनामा डिजिटल कारोबार संख्यामा वृद्धि भएर इन्टरनेट बैंकिङ कारोबार ३ लाख ९१ हजार ४०५, मोबाइल बैंकिङ ५ करोड ९ लाख ८४ हजार २२ र क्यूआरमार्फत् भुक्तानी २ करोड ६३ लाख ६ हजार ९७५ वटा संख्यामा भएका छन् ।




















प्रतिक्रिया