काठमाडौं । सरकारले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ । यसअघि दुई पटक वार्ताका लागि गृह मन्त्रालयले आग्रह गरे पनि विपक्षी समूह सहभागी नभएपछि सरकारले पुनः संवादको अवसर प्रदान गर्न लागेको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । समितिले विरोधरत पक्षहरूसँग विभिन्न चरणमा छलफल गरे पनि हालसम्म सहमति जुट्न सकेको छैन ।





















प्रतिक्रिया