Logo

अर्थ

हिमालयन ब्रोकरेज कम्पनी र आईटिसि व्युटिपार्लर ट्रेनिङ सेन्टरबीच सम्झौता



काठमाडौं । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटिपार्लर ट्रेनिङ सेन्टर/ब्लोशम व्युटि क्लिनिकबीच सम्झौता भएको छ ।

ब्रोकरसम्बन्धि कार्यलाई गाउँ-गाउँसम्म विस्तार गर्ने लक्ष्यसहित छुट सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईटिसि व्युटिपार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक)बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइनेछ  ।हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटिसम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १६:०९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।