काठमाडाैं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । चैत १ गतेदेखि लागू हुनेगरी पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो ।
बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।
उनी विशाल बजार कम्पनी लिमिटेडमा पनि महिला सञ्चालकको रुपमा छिन् । पोखरेललाई आगामी ४ वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।




















प्रतिक्रिया