Logo

अर्थ

४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दैछ । केन्द्रिय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल आव्हान गरेको छ ।

बोलकबोल आज (चैत ३ गते) मध्यान्ह ३ः०० बजेसम्म हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा ब्याज भुक्तानी चैत २४ गते हुनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १०:२८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।