Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिम हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्यले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।

आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ११:१७   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।