काठमाडौं । काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२) र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो । उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो गरि २५ करोड बराबर नगद भेटिएको हाे ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका- १ का कुशाङ लामा रहेका छन् । उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए । प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए । उक्त सूचना प्रहरीले पाएको थियो । लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो ।
शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।




















प्रतिक्रिया