Logo

अर्थ

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह



काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६ को साधारण सभाबाट पारित भएको पाँच वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

साथै, बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १०:४१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।