Logo

अर्थ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई नियुक्त गरिएको हो ।

हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे छन् भने सञ्चालक सदस्यमा सदस्यमा श्रेष्ठसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १७:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।