काठमाडाैं । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारणसभा बाेलाएको हो ।
कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत ३० गते काठमाण्डौ वनस्थलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा कम्पनीको प्रवन्धपत्र, नियमावली तथा प्रचलित कानूनको अधिनमा रही आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।




















प्रतिक्रिया