Logo

अर्थ

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार बाँडफाँड हुने



काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ मंगलबार (चैत १२ गते) बाँडफाँट हुने तय भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार (चैत १२ गते) बिहान ९ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलले जनाएकाे छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा मागभन्दा १६.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १९ लाख ८५ हजार ६६३ जनाले कुल २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा १ लाख ४७ हजार ६०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ३८ हजार ६३ जनाको भने हात खाली हुनेछ । ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

रेटिङ एजेन्सी केर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयर एनपी बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १४:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।