Logo

समाचार

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह सम्पन्न



काठमाडाैं । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर (एनएमटिसी)ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेसनल कन्टिन्युम स्कुलमा सम्पन्न गरेको छ।

बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भई एनएमटिसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मन्टेश्वरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरे।

औपचारिक समारोहका क्रममा एनएमटिसीकी निर्देशक पवित्रा लिम्बूले सम्बोधन गरिन्। जसमा संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटिसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन्।

उनले मन्टेश्वरी शिक्षकहरूको अथक समर्पण र एनएमटिसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन्।

कार्यक्रममा सभामुख देवराज घिमिरेको पनि उपस्थिति थियो।

उनले एनएमटिसीको नेपालमा एनएमटिसी प्रशिक्षणको अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए।

सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापाले पनि मन्टेश्वरी शिक्षाका आफ्ना अनुभवहरू प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गरिन्। समारोहमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १६:४४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।