Logo

अर्थ

मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त आह्वान



काठमाडौं । सरकारले नेपाल मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरी मेटल कम्पनीको रिक्त अध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो ।

अध्यक्ष पदमा ६५ वर्ष उमेर ननाघेका व्यक्तिले १० चैतदेखि एक साताभित्र दरखास्त दिन सक्ने उद्योग मन्त्रालयले जनाएको छ ।

मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १३:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।