Logo

अर्थ

नेपालमा पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने घोषणा, १ अर्ब २० करोड लगानी



काठमाडौं । प्रविधिको प्रयोगबाट परिवर्तनशील लजिस्टिक्स कम्पनी उपायलले आफ्नो पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपायले बनेपास्थित नेपाल प्रहरी स्कूल नजिकै नयाँ वेयरहाउस निर्माणको योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार लगभग १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रमा फैलिने यस वेयरहाउसमा अत्याधुनिक लजिस्टिक्स सेवा प्रवाह गरिनेछ । यो वेयरहाउस २०२६ को अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

१ अर्ब २० करोड नेपाली रुपैयाँ बराबरको लगानी रहने यो परियोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहकार्यमा ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापन गरिएको छ । वेयरहाउसले FMCG, ई-कमर्स, खुद्रा व्यापार, इलेक्ट्रोनिक्स, वस्त्र उद्योग, जुत्ता-चप्पल, औषधि र पार्ट्स आपूर्ति गर्ने व्यवसायहरूलाई सेवा प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले भने, ‘नेपालमा अत्याधुनिक वेयरहाउस संरचना आवश्यक छ । यो परियोजना नेपालको लजिस्टिक्स क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १६:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।