Logo

अर्थ

एनआइएमबीको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) ले ‘ग्लोबल मनी विक–२०२५’ को अवसर पारेर देको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । ‘ग्लोबल मनी विक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

जस अन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थि ए।

‘ग्लोबल मनी विक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरता सम्बन्धी र्‍याली समेत गरेको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्युआर, पिन तथा पार्सवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरू आदि विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरेको थियो ।

बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक ‘डिजिटल बैंकिङको जादु’ र साइबर सुरक्षा अन्तर्गत गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेको थियो ।

साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामग्रीहरू समेत प्रसारण गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १७:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।