काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मगंलबार सुनकाे मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।




















प्रतिक्रिया