काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कोरियाबाट निराजन ढकालले मनी ट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटेन्स पठाउँदा ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजना अन्तर्गत आफूले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ५०० रूपैयाँको वालेट टपअप, २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया