काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।




















प्रतिक्रिया