Logo

समाचार

स्थगित प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने



काठमाडौं । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आजै ३ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरेको सूचना जारी दिँदै बुधवार ३ बजे बस्ने जनाएका छन् ।

विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अपमानपूर्वक हटाएको भन्दै त्यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान राखेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १४:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।