Logo

अर्थ

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना कति?



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ योजना आयोगमा काजमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकको गभर्नरका बलिया दावेदार श्रेष्ठको राजीनामापछि गभर्नरमा उनको सम्भावनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । श्रेष्ठले २०५४ सालमा राष्ट्र बैंक प्रवेश गरेका गरेका मौद्रिक अर्थशास्त्रमा बिद्यावारिधी ( पिएचडी) गरेका छन् । उनी राष्ट्र बैंकभित्रका अब्बल तथा क्षमतावान अधिकृतमध्ये पर्छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले अहिले नयाँ गभर्नर नियुक्तीको लागि काम गरिरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार ११:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।