काठमाडौं । आज साताको अन्तिम दिन पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३ को विन्दुमा कायम भएको छ ।
आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य मात्रै घटेको छ । आज ५ अर्ब २२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १.८२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया