Logo

समाचार

एसईईलाई ध्यान दिँदै गणतन्त्रवादी र राजावादीले संशोधन गरे प्रदर्शन समय



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।

यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ ।

एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।

समितिले तिनकुनेमा सभा राखेको छ । समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको भनिएको छ ।

शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ । उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १०:१०   :  बजे

471
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।