काठमाडौं । एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन आज १ लाख ७६ हजार २ रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया