Logo

समाचार

काभ्रेबाट काठमाडाैं उपत्यका आउने सवारी साधनलाई पूर्ण रोक



काठमाडाैं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेबाट काठमाडाैं उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पूर्ण रुपमा रोक लगाएको छ । प्रहरीले साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा आवागमनमा रोक लगाएको हो ।

यससँगै बिपी राजमार्ग हुँदै काठमाण्डौ हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाण्डौ आएका सवारी साधनहरुलाई पाँचखालमा होल्ड गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १७:२१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।