काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
आज सुनकाे मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया