काठमाडौं । सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा चैत २८ गतेदेखि आवेदन खुल्ने भएको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।
कम्पनीले अब सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोल्नेछ । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।




















प्रतिक्रिया