काठमाडौं । नेपालमा शंकास्पद कारोबार तथा गतिविधिहरु निरन्तर रुपमा बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ (सन् २०२३/२४) मा राष्ट्र बैंकले कुल ७ हजार ३३८ वटा शंकास्पद कारोबार तथा गतिविधको उजुरी आएकाे देखाएकाे छ ।
राष्ट्र बैंकले ५ वर्षअघि अर्थात सन् २०१९/२० मा १ हजार ९० वटा मात्र शंकास्पद कारोबार तथा गतिविधिको उजुरी पाएको थियो । त्यसयता, प्रत्येक वर्ष यस्तो कारोबार तथा गतिविधि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सन् २०२०/२१ मा १ हजार ५३३, सन् २०२१/२२ मा २ हजार ७८० र सन् २०२२/२३ मा ५ हजार ९३५ वटा उजुरी राष्ट्र बैंकमा आएको थियो ।
गत आर्थिक वर्षमा शंकास्पद कारोबार तथा गतिविधिहरुको सबैभन्दा धेरै उजुरी वाणिज्य बैंकहरुले दिएका छन् ।
त्यस्तै दोस्रोमा विकास बैंक, तेस्रोमा फाइनान्स र चौथोमा भुक्तानी सेवा प्रदायकहरु रहेका छन् । अधिकांश शंकास्पद कारोबार र गतिविधिहरु कर छली, बैंकिङ, विदेशी विनिमय, सहकारी, ठगी, सट्टेबाजीलगायत कसुरसँग सम्बन्धित रहेको छ ।




















प्रतिक्रिया