Logo

प्रमुख समाचार

कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं



काठमाडौं । घम्साघम्सीबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् । उनलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका हुन् ।

मेयर बालेन्द्र शाहको सचिवालयले गुरागाईंको कार्यकक्षमा ताला लगाएको छ । ताला लगाएका कारण उनी अहिले कार्यपालिका सदस्यको कार्यकक्षमा बसिरहेका छन् ।

कार्यालय छिरे पनि कर्मचारीमाथि नगर प्रहरीले धरपकड कोसिस गरिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १२:३३   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।