काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेकाे छ । नेप्से परिसूचक २.८१ अंकले बढेर २७०२ को विन्दुमा कायम भएको छ ।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ८४ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया