Logo

प्रमुख समाचार

तीनकुने घटना : शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ पक्राउ

पक्राउ पर्नेको संख्या ७४ पुग्याे



काठमाडौं । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ छन् ।

उनलाई सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरेर राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठ शाही युवा शक्तिको दोस्रो वरीयतामा थिए । भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय श्रेष्ठ काठमाडौंको तारकेश्वरमा बस्छन् ।

तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ७४ पुगेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १३:१०   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।