काठमाडौं । आज सेयर बजार सामान्य घटेकाे छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ को विन्दुमा कायम भएको छ ।
आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्य बढेको छ ।
आज ५ अर्ब ३० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ५९ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.७२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया