Logo

अर्थ

सेन्सेइको नयाँ वर्ष योजना, घरायसी सामान खरिदमा ‘एक्स-पल्स’ जित्ने मौका



काठमाडाैं । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्सपल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिने छ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने वाचा गर्छन् ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलइडि टिभि ५० र माथिमा एमआइ पोड, सेमी(अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल, र फ्रन्ट(लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन् । यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउने छ ।

लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिने छ ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि ० प्रतिशत इएमआइ (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १६:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।