Logo

अर्थ

क्रेष्ट माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञज(नेप्से)मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र क्रेष्ट माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष एनआइएमबी एस क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत फागुन २२ गतेदेखि २६ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बिहिबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १५:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।