काठमाडौं । सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोलेको हो । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।




















प्रतिक्रिया