काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन एकैदिन ५ हजार ७ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ थियाे ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।




















प्रतिक्रिया