Logo

अर्थ

घट्याे सेयर बजार, ५ अर्ब ६३ करोडकाे कराेबार



काठमाडौं । बुधवार दोहोरो अंकले वृद्धि भएको सेयर बजार आज पुनः ओरालो लागेको छ ।

साताको अन्तिम कारोबार दिन बजार ८.६० अंक घटेको हो । नेप्से परिसूचक २६६७ अंकको बिन्दुमा कायम भएकाे छ ।

आज ११३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३१ वटाको घटेको छ । आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरे नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १५:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।