काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले गत साता उच्च अदालत पाटनबाट बानियाँलाई पक्राउ गर्ने अनुमति लिएको हो।
यद्यपि, प्रहरीले बानियाँमाथि लागेको आरोप र अनुसन्धानको विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यस प्रकरणमा बानियाँका छोरा दीक्षान्त भने अहिले सीआईबीको हिरासतमा छन्। उनी गत कात्तिक १६ गते पक्राउ परेका थिए। प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर निर्धारित प्रयोजनविपरीत खर्च गरेको आरोप उनीहरूमाथि छ।
यसअघि गत वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत बानियाँको निवासमा छापा मारेको थियो।
बानियाँ २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।




















प्रतिक्रिया