Logo

प्रमुख समाचार

लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण



काठमाडाैं । लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

सीता एयरको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान १०: ०६ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार  हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो ।  जहाजमा १४ जना यात्रु थिए । यात्रुहरू सकुशल रहेको विमानस्थलले जनाएकाे छ ।

जहाज अवतरण गरेपछि केही समय विमानस्थल बन्द गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ११:३२   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।