Logo

समाचार

दुर्गा प्रसाईँको गाडीभित्र बसेर आन्दोलनको भिडिओ खिच्ने दाहालविरुद्ध ६ वटा मुद्दा दर्ता



काठमाडौं । गत चैत १५ गते काठमाडौंको बानेश्वर क्षेत्रमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनका क्रममा विवादमा तानिएका दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा दाहाल पनि परेका हुन् । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । दाहाल भने सोही घटना भएको दिनदेखि फरार छन् ।

अहिले उनी फरार भए पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १३:५५   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।