काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएकाे छ । नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४ को विन्दुमा कायम भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया