Logo

अर्थ

ट्रेड टावरको आइपीओ कहिले हुन्छ बाँडफाँड



काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलकाअनुसार आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।

यो आइपीओ मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने भएको छ । कम्पनीले जारी गरेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन् । जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।

यस बाँडफाँटमा जम्मा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १६:२५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।