Logo

अर्थ

हिम स्टार ऊर्जाकाे आईपीओ खुल्यो



काठमाडौं । आज शुक्रबारदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।

पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ ।

कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सूचनामार्फत जनाएको छ ।

आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ सम्म आवेदन दिन सक्नेछन् ।

प्रभावित स्थानीयले सिटिजन्स बैंकका लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १०:०४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।