काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।
गत वर्ष कात्तिक १८ गते पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरिएको थियो ।
गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।




















प्रतिक्रिया